Rule 4
परिचयपत्र दिने
(१) नियम ३ बमोजिम गरिएको वर्गीकरणको आधारमा कल्याणकारी अधिकृतले मुक्त कमैयालाई परिचयपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परिचयपत्र दिँदा “क” वर्गको मुक्त कमैयालाई रातो रंगको, “ख” वर्गको मुक्त कमैयालाई निलो रंगको, “ग” वर्गको मुक्त कमैयालाई पहेंलो रंगको र “घ” वर्गको मुक्त कमैयालाई सेतो रंगको परिचय पत्र दिइनेछ ।